एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद आज देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद आज देखि



काठमाडौ ।  एभरेष्ट इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति आज जेठ १४ गते मंगलबारदेखि १ शेयर बराबर ३ अर्थात तीन सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो ।

उक्त हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलवार ११:४७