काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९९ लाख कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको ९९ कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको कारोबार सुरु हुनेछ। नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ ।
कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
Comment