स्वाभिमानको आइपीओः ९२.९७ प्रतिशत आवेदकको हात खाली हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वाभिमानको आइपीओः ९२.९७ प्रतिशत आवेदकको हात खाली हुने



काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ आइतबार (जेठ ५ गते) बाँडफाँड हुने भएको छ । सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आइतबार बिहान १० बजे आइपीओ बाँडफाँट हुने भएको छ । स्वाभिमानको आइपीओमा ६० करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । २ लाख ६४ हजार २८६ जना लगानीकर्ताले ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् ।

स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाउने देखिन्छ । ९२.९७ प्रतिशत आवेदकको हात खाली हुने भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:०८