नगद लाभांश रकम अब आफ्नै बैंक खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नगद लाभांश रकम अब आफ्नै बैंक खातामा



काठमाडौं । सेयर लगानीकर्ताले नगद लाभांश रकम अब आफ्नै बैंक खातामा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुलाई लगानीकर्ताले पाउने नगद लाभांश रकम उनीहरुकै बैंक खातामा राख्ने गरी निर्देशन दिने भएको हो ।money

‘लाभांश वितरण गर्ने कम्पनीलाई सेयरधनीको नाम, खाता नम्बर, पाउने लाभांश र कुल रकमको चेकसहितको विवरण लगानीकर्ताको खाता रहेको बैंकमा पठाउने गरी निर्देशन दिन्छौं,’ बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले भने, ‘यससँगै लगानीकर्ताले आफ्नो लाभांश सहज पाउनेछन् ।

सीडीएस प्रणालीको पूर्णताको लागि भन्दै बोर्डले यसअघि बोनस तथा हदप्रद सेयरलाई पनि लगानीकर्ताको डिम्याट एकाउन्टमा राख्न निर्देशन दिइसकको छ ।

आर्थिक वर्ष ०७०/७१ सम्ममा लगानीकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी नगद लाभांश बैंकमै मात्र अवितरित नगद लाभांश २६ करोड ६ लाख रुपैयाँ छ । बोर्डको निर्देशनले देशभरका करिब १५ लाख लगानीकर्ता लाभन्वित हुने खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७२, बिहीबार ०९:५६