काठमाडाै । एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवालाई उद्यम सञ्चालन गर्न १० लाख रुपैयासम्म ऋण दिने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा एनएमबी बैक, काठमाण्डौमा राष्ट्रिय युवा परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालबीच हस्ताक्षर भएको छ ।
वैदेशिक रोजगारी फर्किएका व्यक्तिलाई नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने गरी सहुलियतपूर्ण कर्जा दिन र युवा उद्यमशिलता प्रवद्र्धन गर्न बैंकले ऋण दिने सम्बन्धी सम्झौतामा एनएमबी बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र रिटर्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकले तत्कालका लागि परियोजना धितोमा १ अर्ब रुपैयाँसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । बैंकका अध्यक्ष पवनकुमार गोल्यानले कर्जाको माग र आवश्यकताका आधारमा थप गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
समझदारी अनुसार विदेशबाट फर्किएका सीपयुक्त युवालाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम सञ्चालनका लागि आवश्यक तालिम पनि दिनेछन् ।
सम्झौता अन्तर्गत बैंक, परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालले आपसी सहकार्यमा अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदानसम्वन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा सहयोग गर्ने र उद्यमशिलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्नलाई रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना छ ।
एनएमबीका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि २०७५ भित्र नपर्ने कर्जाको हकमा पनि बैंकले त्रिपक्षीय सम्झौता बमोजिम कर्जा प्रवाह गरिने बताए ।
यस्तै रिटर्र्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि २०७५ बमोजिम योग्य रहेका वैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परिषद्को समन्वयमा माईग्रेन्ट नेपालको सिफारिसका आधारमा बैँकले प्रति व्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म परियोजना धितोमा कर्जा प्रवाह गरेर अहिलेलाई एक अर्बसम्म ऋण प्रवाह गर्ने बताए ।
माग र आवश्यकता हेरेर यसलार्य बढाउँदै गरी सम्झौता गरिएकोे उहाँको भनाई छ । बैंकले ऋण लिन चाहनेलाई परियोजना सञ्चालनका लागि सुझाव तथा सल्लाह दिने, तालिम दिने र बजारको पहुँचलाई सहजिकरण गराउनेतर्फ केन्द्रीय स्तरमा छुट्टै डेस्कको स्थापना गरी बैंकका शाखाहरुमार्फत सेवा दिइने बताएको राष्ट्रिय युवा परिषदका उपसचिव धु्रवराज पौडेलले जानकारी दिए ।
Comment