लुम्बिनी जनरल इन्सुरेन्सको विशेष साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्सुरेन्सको विशेष साधारण सभा कहिले ?



काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०ः२ अनुपातमा हकप्रद सेयर जारी गर्न बुधबार (वैशाख २५ गते) विशेष साधारण सभा गर्दैछ । कम्पनीले हाल कायम ८८ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

लुम्बिनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

लुम्बिनीले विशेष सभा गर्न वैशाख १५ गते आइतबार बुक क्लोज गरेको छ । वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : २४ बैशाख २०७६, मंगलवार ११:०८