बिदेशबाट ऋण ल्याएर लगानी  गर्दै एनएमबी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिदेशबाट ऋण ल्याएर लगानी  गर्दै एनएमबी बैंक



काठमाडौं। एनएमबी बैंकले २ अर्बभन्दा बढि रकम विदेशी संस्थाबाट ल्याउन प्रकृया थालेको छ। बैंकले अहिलेसम्म साढे ३ अर्ब रुपैयाँ हाराहारी भित्र्याउने स्वीकृति पाइसकेको छ।
यसमध्ये ५० करोड रुपैयाँ हाराहारी भित्र्याउन बाँकी छ। बैंकले नयाँ २० मिलियन डलर (दुई अर्ब रुपैयाँमाथि) का लागि अस्ट्रियाको कम्पनीसँग प्रकृया अगाडि बढाएको हो।
उताको कम्पनीले ब्याज आम्दानीमा लाग्ने करका बिषयमा प्रश्न उठाएको छ। नेपालमा ब्याज आम्दानीमा १५ प्रतिशत कर लाग्छ। पैसा दिने कम्पनीले दोहोरो करका लागि सम्झौता भएकाले कम लाग्नु पर्ने माग राखेको छ। यस बारेमा बैंकले कर कार्यालयसँग कुराकानी गरिरहेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी संस्थाबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने ब्यवस्था गरेपछि यसमा एनएमबी बैंक आक्रामक देखिएको हो। बैंकले तीन पटकमा १५-१५ र ५ गरेर ३५ मिलियन डलर ल्याइसकेको हो।
राष्ट्र बैंकले सुरुमा प्राथमिक पूँजीको २५ प्रतिशत ल्याउन पाउने ब्यवस्था गरेको थियो। पछि त्यसलाई बढाएर ५० प्रतिशत पुर्याएको थियो। अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ।

प्रकाशित : १२ बैशाख २०७६, बिहीबार ११:४५