काठमाडाैँ । सनराइज बैंकबाट एशियन लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच उक्त सेवा सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सयुक्त रुपमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १ सय ४ वटा शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री छ ।
हालसम्म बैंकले मुलुकभर १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment