सिद्धार्थ बैंककाे ‘सिद्धार्थ सजिलो बचत खाता’मा वार्षिक ६ प्रतिशत व्याज पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंककाे ‘सिद्धार्थ सजिलो बचत खाता’मा वार्षिक ६ प्रतिशत व्याज पाइने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो ।

जस अन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने छ । शून्य मौज्दातमा खाता खोल्न सकिने खातामा ग्राहकले वार्षिक ६ प्रतिशत व्याजदर पाउने छन् । साथै, निःशुल्क चेकबुक र एबीएबीएस सुविधा रहेको बैंकले जनाएको छ ।

नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बंैक खाता खोल्ने अभियान बमोजिम यस खाता सञ्चालनमा ल्याएको हो ।

हाल बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र १,३०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ६ बैशाख २०७६, शुक्रबार ०८:४६