जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा



काठमाडौं । जनता बैंकले कैलालीको लम्की चुहामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै कैलालीको लम्कीचुहा नगरपालिकास्थित बलियामा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरेका हुन ।

 

उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले उक्त क्षेत्रका जनताको जिवनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरेका छन । बैंकका संचालक  रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख  टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । बैंकले उक्त नयाँ शाखा कार्यलय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या १ सय २९ पुगेको छ ।

प्रकाशित : ५ बैशाख २०७६, बिहीबार १२:११