इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडाै । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख ४५ हजार ८२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गतबर्षको मूनाफाबाट १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंकको ३२ औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर सहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर पुस १० गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ४ बैशाख २०७६, बुधबार ०५:५६