काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३ दशमलव ३३ अंकले बढेर १ हजार २ सय १२ दशमलव ०५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ५ दशमलव ४८ अंकले बढेर २ सय ६० दशलमव २४ को बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार १ सय ७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर खरिदबिक्री भई ७४ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबर एनएमबि बैंकको भएको छ । जसको कारोबार ६ करोड ७० लाख रुपैयाँ भएको छ ।
त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ६ दशमलव ६७ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वाधिक गुमाउनेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ३ दशमलव २२ प्रतिशतले घटेको छ ।






Comment