हिमालय ऊर्जाको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालय ऊर्जाको आइपीओ बाँडफाँड



काठमाडौं । हिमालय ऊर्जाको आइपीओ बाँडफाँड भएको छ । प्रकृ‌या पुर्याएर आवेदन दिएका ६९ हजार ६७० जना लगानीकर्तालाई आइपीओ बाँडफाँड गरिएको हो । यसमध्ये २ हजार ७२० जनाले १० कित्ताका दरले र ६६ हजार ९५० जनाले २० कित्ताका दरले सेयर हात पारेका छन् । रितपूर्वक आवेदन दिएका कुल आवेदकमध्ये ९६.०९ प्रतिशतलाई लाई २० कित्ता सेयर परेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३ प्रतिशत (४४ हजार ५५० कित्ता) सेयर कर्मचारीलाई र ५प्रतिशत (७४ हजार २५०) कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

कम्पनीले जारी पुँजी ९९ करोड रुपैयाँको १५प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

प्रकाशित : ३ बैशाख २०७६, मंगलवार १३:४०