हिमालय उर्जा विकास कम्पनीको आईपिओ बाँडफांड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालय उर्जा विकास कम्पनीको आईपिओ बाँडफांड आज



काठमाडाै । हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको आईपिओ आज बैशाख ३ गते मंगलबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङले दिउँसो १ बजे इन्द्रेणी ब्यानक्वेट, बानेश्वरमा शेयर बाँडफांड गर्ने तयारी गरेको हो ।

कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकि रहेको १३ लाख ६६ हजार २ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन ।

आईपिओमा कुल ६९ हजार ७ सय ८ जनाले आवेदन दिएकोमा कुल ६९ हजार ६ सय ७० आवेदक शेयर पाउन योग्य रहेको नबिल इन्भेस्टमेन्टले जनाएको छ । शेयर निष्काशन गरिएको भन्दा बढीको आवेदन परेकोले सुरुमा सबै आवेदकलाई समान १० कित्ता शेयर बाँडफांड हुने छ । बाँकि रहेको शेयर गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफांड हुनेछ । यस हिसाबमा ६६ हजार ९ सय ५० आवेदकले २० कित्ता शेयर र २ हजार ७ सय २० आवेदकले १० कित्ता शेयर पाउने छन् ।

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

प्रकाशित : ३ बैशाख २०७६, मंगलवार ०९:४०