काठमाडाै । हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ वैशाख ३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइपीओ बाँडफाँट हुने जानकारी दिएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् ।
यसमा माग भन्दा ३.७८ गुणा बढी आवेदन परेको छ। लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने संभावना छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Comment