नेपाल एग्रो लघुवित्तको आईपीओ कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल एग्रो लघुवित्तको आईपीओ कहिले ?



काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुनेछ ।

लघुवित्त कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडलाई नियुक्ति गरेको छ ।

न्युनतम १० देखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन पाइने विक्री प्रबन्धकले जनाएको छ । निष्कासन मध्ये २ हजार ४८९ कित्ता संस्थाका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

संस्थाको हालको चुक्ता पूँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ।

दुई वर्ष अगाडि स्थापना भएको संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट नाफा देखिन थालेको छ। संस्थाले पुससम्ममा ७२ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३७ करोड ७९ लाख रुपैयाँ बरोइङ र १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरि ४९ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेको छ।

केन्द्रीय कार्यालय कास्की जिल्लाको पोखरामा रहेको छ । यसले पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ, लम्जुङ जिल्ला कार्यक्षेत्र रहेर सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २८ चैत्र २०७५, बिहीबार ११:२८