बै‌ंकमा खाता खोल्नुस् सरकारले दिन्छ सय रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बै‌ंकमा खाता खोल्नुस् सरकारले दिन्छ सय रुपैयाँ



काठमाडौं । नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तिय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारले सबै नेपालीको बैंक खाता कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाले प्रतिखाता सय रुपैयाँ खर्च गर्न लागेका हुन् ।

यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तिय संस्थालाई पनि दिइसकेको छ । बैंकहरुले छाता संगठन नेपाल बैंकर्स संघले बुधबार हरेक नयाँ खातामा सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ ।

यो कार्यक्रम ०७६ साल बैशाख १ गते देखि लागू हुनेछ । उक्त वर्षभरी खुल्ने प्राकृतिक व्यक्ति (व्यक्तिगत) खातामा बैंक तथा वित्तिय संस्थाले सय रुपैयाँ हालिदिन लागेका हुन् । उक्त रकम बैंक तथा वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व मा गणना गर्न पाउनेछन् । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित : २८ चैत्र २०७५, बिहीबार ०८:२७