काठमाडौं। उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेका गोल्छाको उपचारकै क्रममा मंगलबार राती चेन्नईमा निधन भएको हो ।
६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए।
उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग छन् ।
Comment