उद्योग विकास र प्रवद्र्धनका निम्ति जे गर्ने पनि सरकार प्रतिबद्ध छः प्रम ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग विकास र प्रवद्र्धनका निम्ति जे गर्ने पनि सरकार प्रतिबद्ध छः प्रम ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादकत्व वृद्धिका लागि कानुनी जटिलता संशोधन गर्न सरकार तयार रहेको बताएका छन्  । नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभा उद्घाटन प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने–‘उद्योग विकास र प्रवद्र्धनका निम्ति सरकारका तर्फबाट जे गर्नुपर्ने हो, त्यो गर्न त्यो गर्न सरकार प्रतिबद्ध छ ।’ प्रधानमन्त्री ओलीले  भने–उद्योगहरू पनि उत्पादकत्व बढाउनुपर्यो रोजगारी सिर्जना गर्नुपर्यो, आयात घटाउनु पर्यो ।’

कार्यक्रममा प्रम ओली उद्योगी व्यवसायीले कृषिमा लगानी बढाउन जोड दिँदै कृषिमा नोक्सान नभएको दाबी गरे । उनले भने–हामी क्यानडालाई आँप र कतारलाई स्याउ खुवाउन सक्छौं । ’

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय रुपमा निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकार तयार रहेको भन्दै निर्यातबिना दोहोरो आर्थिक वृद्धि कठिन रहेको बताए । परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले कृषिलाई औद्योगिकरण गर्ने लय देखिएको र सरकारलाई निजी क्षेत्रको साथ रहेको उनले बताए ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार १५:५२