काठमाडौँ । धितोपत्र आज शेयर बजारमा १७ दशमलव १६ अङ्कको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।
कूल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरीद भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ ।
Comment