हिमालय ऊर्जा विकास आइपीओ भर्ने मिति कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालय ऊर्जा विकास आइपीओ भर्ने मिति कहिले ?



काठमाडौं / हिमालय ऊर्जा विकास कम्पनीको आइपीओमा २९ लाख ९८ हजार ९०० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइतबार बिहान १० बजेसम्ममा ४० हजार ८४१ जना आवेदकले २९ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमध्ये ३ प्रतिशत (४४ हजार ५५० कित्ता) सेयर कर्मचारीलाई र ५ प्रतिशत (७४ हजार २५०) कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । आइतबार बिहानसम्म यस आइपीओमा माग भन्दा २.१९ गुणा बढी आवेदन परको कम्पनीले जनाएको छ । हिमालयको आइपीओ सोमबारसम्म भर्न सकिनेछ ।

यसमा न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म आवेदन दिन पाइनेछ ।  बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको हो ।

प्रकाशित : २४ चैत्र २०७५, आईतवार १४:०४