काठमाडौ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको एघारौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान गरिएको हो । संस्थाको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कुनको) संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।
व्लड डोनर्स एशोसिएसन नेपाल(ब्लोदान)का केन्द्रिय अध्यक्ष सानु प्रजापतिको प्रमुुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले रगतको विकल्पमा अन्य कुनै तत्व नभएकाले रगतको श्रोत मानव नै रहेको बताए । वैज्ञानिकहरुले पनि रगतको विकल्पमा अहिलेसम्म कुनै तत्व पत्ता नलगाएकाले यसको पूर्ति मानिसले नै गर्नु पर्ने भएकाले सबैजनालाई रक्तदान गर्न उनले अपील गरे । विगत ३ दशकदेखि ब्लोदानले रक्तदानका लागि आव्हान गर्दै हिँडेको र रगतको अभावले बिरामीको अकालमा ज्यान नजाओस् भन्ने मूल उद्देश्य रहेको उनले बताए । उनले हरेक सहकारीसँग सहकार्य गरेर अगाडि बढ्ने योजना अनुरुप हरेक बुधबार काठमाण्डौमा रक्तदानको आयोजना गर्ने पनि जानकारी दिए ।
Comment