सहकारीका नाममा हुने दुरुपयोग रोक्न महानगर प्रतिबद्ध भएर लाग्छः उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीका नाममा हुने दुरुपयोग रोक्न महानगर प्रतिबद्ध भएर लाग्छः उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी



काठमाडौं । काठमाडौं महानगर पालिकाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले असल काम गर्ने सहकारीको प्रशंशा र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएकी छिन । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारी बिभाग काठमाडाै महानगर पालिकाले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सहकारीको नाममा हुने दुरुपयोग रोक्नुपर्नेमा जोड दिइन ।

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै बिभागका प्रमुख नमराज ढकालले उद्यमशीलता तथा स्वरोजगारमुलक क्षेत्रलाई बढाउने सहकारीलाई प्रवर्धन गरिने बताए । अरुको पैसा बटुलेर त्यसलाई परिचालन गर्नुले सहकारीको मूल उद्देश्य बोक्न नसक्ने उनको कथन थियो । सहकारी त उत्पादनमुलक क्षेत्रमा जान जोड दिदै ढकालले महानगरले अब बिषयगत सहकारीलाई प्रवर्धन गर्ने समेत बताए ।

कार्यक्रममा बिभागका उपनिर्देशक सुमन अधिकारीले — सहकारीका बेथितिका सम्बन्धमा दैनिक औसत १० वटा उजुरी आउने गरेको बताए । सहकारीका नाममा हुने गरेका बिकृत नियन्त्रण गर्न शुन्य सहनशिलता अपनाइने उनको भनाइ थियो । यस्तै जिल्ला सहकारी संघ काठमाडाैका अध्यक्ष टेक प्रसाद चाैलागाईले सहकारीमा भएका दुइ चारवटा विकृतिलाई बढावा दिनु भन्दा सकारात्मक प्रचारमा नियामक निकाय अग्रसर हुनु पर्नेमा जोड दिए ।

प्रकाशित : २१ चैत्र २०७५, बिहीबार ०८:३८