काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयरको पहिलो दिनमै झण्डै आधाको आवेदन परेको छ । पहिलो दिनको साँझ ५ बजेसम्ममा ७९०९ जना आवेदकहरुले ६३४१४० कित्ता सेयरको लागि आवेदन परेको हिमालय उर्जा विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।
१४८५००० कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४२५० कित्ताबाहेक बाँकी रहेको १३६६२०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सेयर निष्काशन भएको पहिलो दिनमै लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले दोस्रो दिनमै सम्पूर्ण सेयर बिक्री हुने अनुमान लगाइएको छ ।
रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–क्ष्क्ष् गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ ।
विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने छ ।
Comment