मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई कारोबार अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई कारोबार अनुमति



काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नकालागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारकालागि अनुमतिपत्रप्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्रीप्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानीव्यवस्थापन, संस्थागत परामर्श जस्तामर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए  ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखिनविनतमर उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए  । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने उनले बताए ।

प्रकाशित : १९ चैत्र २०७५, मंगलवार १५:५१