कामना सेवा विकास बैंकको शाखा नयाँबानेश्वरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको शाखा नयाँबानेश्वरमा



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ७८औं शाखा नयाँबानेश्वरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट बैंकका सञ्चालक विशेश्वर सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल ट्रेड फेयरका संयोजक दिलसुन्दर श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

शाखा शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले व्यावसायिक क्षेत्रमा शाखा स्थापना गरिएको जानकारी दिँदै २०८०सम्म उत्कृष्ट विकास बैंकका रुपमा स्थापित हुने बताए ।

बैंकले समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने तयारीमा रहेको बस्नेतले बताए । बैंकले ७८ वटा शाखा, १८ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बस्नेतका अनुसार बैंकले चालू आर्थिक वर्षभित्रै बैंकको शाखा सय पुर्याउने लक्ष्य रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार १२:५६