मिथिला लघुवित्तले बोलायो चैत २३ गते वार्षिक साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिथिला लघुवित्तले बोलायो चैत २३ गते वार्षिक साधारणसभा



काठमाडौं । मिथिला लघुवित्तले चैत २३ गते वार्षिक साधारणसभा बोलाएको छ । १०.४५ प्रतिशत बोनस वितरण गर्ने प्रमुख एजेन्डा रहेको कम्पनीले जनाएको छ । सभा बौवा होटलको सभा हल मिथिला नगरपालिका १०, लालगढ धनुषमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि मिथिलाले चैत ११ गतेदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ । प्रस्तावित बोनस लाग्ने कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हुनेछ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि हुनेछ ।

हाल संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर संरचना छ । अब यसलाई परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरिनेछ । संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत कारोबार गर्ने प्रस्ताव पनि राखिनेछ ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार ११:५२