काठमाडौ। क्यासिनो शैलीमा लामो समयदेखि जुवा खेलाइने नयाँबजारस्थित एक अखडामा प्रहरीले छापा मारी दुई महिलासहित १८ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट सात लाख ४८ हजार आठ सय रुपैयाँसमेत बरामद भएको छ ।
राजन महर्जनको घरमा राजन शाक्यले फ्ल्याट भाडामा लिएर कौडा खेलाउँदै आएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरले सुराकीको आधारमा मंगलबार बेलुका छापा हानी १८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये दुईजना महिला रहेको लैनचौर वृत्तका डिएसपी सीताराम रिजालले बताए। पक्राउ पर्ने युवतीमा सविना श्रेष्ठ र संगिता महर्जन छन् । उनीहरू जुवामा पैसा लगानी गर्ने र च्याँखे राख्नेहरू भएको डिएसपी रिजालले बताए ।
पक्राउ पर्ने अन्यमा दिपेश खड्गी, लोरबहादुर गुरुङ, हेमबहादुर भट्ट, धर्मराज राई, जीवन तामाङ, नवीन अधिकारी, पारसराज मगर, प्रेमबहादुर स्थापित, जीवन त्रिपाठी, कविर केसी, देव गुरुङ, गोविन्द महर्जन र कुमार लामिछाने छन् ।
जुवा खालबाट प्रहरीले ठूलो मात्रामा पैसा त बरामद र्गयो, त्यसका साथै चेकहरूसमेत बरामद गरेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
Comment