सनराइज बैंक र एलआईसी नेपालबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक र एलआईसी नेपालबीच सम्झौता



काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत एलआईसी नेपालको जीवनबीमा योजनाहरु बिक्री गर्न सक्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सम्झौतामा हस्ताक्षेर गरेका हुन । बैकले १ सय ३ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय १८ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १५ चैत्र २०७५, शुक्रबार १७:१४