जेबिल्स फाइनान्सले लगानीकर्तालाई कति दिदै छ बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जेबिल्स फाइनान्सले लगानीकर्तालाई कति दिदै छ बोनस ?



काठमाडौं / जेबिल्स फाइनान्सले लगानीकर्तालाई १.२४  प्रतिशत  बोनस सेयर दिने भएको छ । फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल लिलामीमा बिक्री भइरहेको सेयरपछि कायम हुने चुक्ता पुँजीमा १.२४% बोनसका साथमा कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

फाइनान्सको लिलामी सेयर बिक्रीपश्चात चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्छ । हाल यसले ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर लिलामी गरिरहेको छ । तसर्थ, लिलामी सेयर भर्ने लगानीकर्ताले पनि उक्त लाभांश पाउनेछन् ।

यस्तै, जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । हाल लिलामीमा रहेको जेबिल्सको सेयर किन्ने लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी बन्नेछन् । नेप्सेमा भने जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।

प्रकाशित : १४ चैत्र २०७५, बिहीबार १२:३३