काठमाडौ । सन्राइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरmको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरm पनि समावेश गरेको छ । समावेश गरिएको अस्पतालहरmको सुची सन्राइज बैंकको औपचारीक वेभसाइटमा हेर्न सकिन्छ ।
सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।
बिगतका योजना अनुसार बर्षमा एक चोटी बीमा दाबी गर्न सकिन्थ्यो भने चैत १, २०७५ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सन्राइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरmमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।
Comment