आर्थिक पारदर्शीता कायम गर्न लेखा व्यवसायीहरुको महत्वपूर्णःअर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक पारदर्शीता कायम गर्न लेखा व्यवसायीहरुको महत्वपूर्णःअर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पारदर्शीता कायम गर्न लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै समाजको अपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को १९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा आर्थिक पारदर्शीता र आर्थिक अनुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मेवार ढंगले अगाडि बढ्न आग्रह गरेका हुन् ।

लेखा व्यवसायीहरुले स्वच्छता कायम गर्नुको साटो यदाकदा कमजोरी ढाकछोप गर्न सहयोग पुर्‍याउने गरेको टिप्पणीसमेत हुने-गरेकोप्रति सजग भइ आत्मसमीक्षा गरेर अगाडि बढ्न उनले आग्रह गरे ।

समाजले औंला ठड्याउने अवस्था आउन नदिन उनले लेखा व्यवसायीको नियमनकारी निकाय आइक्यानको नियमन र अनुगमन प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : १९ माघ २०७२, मंगलवार १३:०९