डेरी निर्देशिकाको विरोधमा व्यावसायिक दुग्ध किसान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

डेरी निर्देशिकाको विरोधमा व्यावसायिक दुग्ध किसान



चितवन । नेपाल सरकारले निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको ‘दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता एवम् गुणस्तर सम्बन्धी निर्देशिका २०७५’ को चितवनका व्यावसायिक दुग्ध किसानहरुले बिरोध गरेका छन् । सरकारले निर्माण गरेको निर्देशिका लागू भएको अवस्थामा दूध उत्पादनमा किसानहरुको लागत मूल्य बढी पर्ने तथा साना डेरी पसलहरु बन्द हुनेभन्दै किसानहरुले निर्देशिकाको विरोध गरेका हुन् । आज भरतपुरमा आयोजना गरिएको निर्देशिका सम्बन्धी छलफल कार्यक्रममा किसानहरुले राज्य निरिह ढंगले प्रस्तुत भएको बताए । निर्देशिकाले दुग्धजन्य पदार्थको गुणस्तरमा जोड दिएको भएपनि किसानहरुले भैसी पाल्नेदेखि लिएर डेरीमा पुगेर दूध बिक्री गर्नुपर्ने सम्मका सबै काम आफै गर्नुपर्छ भनेर भन्नु गलत भएको किसानहरुको भनाइ छ ।

निर्देशिका लागू भएको अवस्थामा मिल्क होली डेको अवस्था सिर्जना हुनसक्ने व्यावसायिक दुग्ध किसान युवराज भण्डारीले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख, खाद्य निरीक्षक बिक्की राउतले निर्देशिकाले दूधमा स्वच्छता र गुणस्तर कायम गर्नुपर्ने विषयलाई जोड दिएका बताए । निर्देशिकाले दूध दिने पशुको स्वास्थ्य, किसानको व्यक्तिगत सरसफाई, गोठको सफा सुग्घरलगायतका विषयलाई जोड दिएकाले गुणस्तरीय दूध उत्पादन हुने राउतले बताए ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलवार १७:०२