काठमाडाै । सेयर लगानीकर्ता दबाब समुहलाई प्रहरीले नेपाल स्टक एक्सचेन्ज परिसरबाट पक्राउ गरेको छ । पुँजी बजार सुधारका लागि ३२ बुँदे माग पूरा गराउन दबाब दिन चैत १० गते नेपाल धितोपत्र बोर्डमा शान्तीपूर्ण तालाबन्दीमा सरकारले दमन गरको भन्दै सोमबारबाट अनिश्चितकालीन रिले अनशन सुरु गरेको थियो ।
धर्नालाई शान्तिपूर्ण रुपमा अगाडी बढाउन खोज्दा दुुईवटा भ्यानमा प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत अनामनगरमा राखेकाे दबाब समूहका नवराज उप्रेतीले बताए । उनका अनुसार १३ जना मुख्य पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दबाब समूहका अध्यक्ष हरी ढकाल, महासचिव नयन बास्तोलाका साथै पक्राउ त्यसैगरी, लगानीकर्ताहरु दिपेन्द्र अग्रवाल, तिलक कोइराला, दिपक पाण्डे, राम थापा, शुस्मा ढुङगाना, प्रविना ज्ञवाली, पुरुषोत्तम सापकोटा, कुमार सिटौला, रामभक्त गिरि, कोपीकृष्ण थापा, रमेशकुमार ढकाल, नवराज उप्रेति, लगायत रहेका छन् ।
Comment