सनराइज बैंकको १ अर्बका १० लाख कित्ता ऋणपत्र जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको १ अर्बका १० लाख कित्ता ऋणपत्र जारी



काठमाडौं। सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ मुल्य बराबारको १० लाख कित्ताको ऋणपत्र जारी गरेको छ । यो बैंकले न्युनतम २५ कित्ता देखि अधिकतम ४ लाख कित्ता सम्मको ऋणपत्रका लागि आवेदन दिन पाउने गरी प्रति ऋणपत्र एक हजारका दरले माग गरेको छ ।

यो ऋणपत्र जम्मा पाँच वर्षको लागि र बार्षिक १० प्रतिशत व्याजदर दिने गरी माग भएको छ । ऋणपत्र जारी गरेको १० लाख कित्ता मध्ये ४० करोड ऋणपुँजी अर्थात ५ प्रतिशतले हुन आउने २० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यसको ऋणपत्रि यही चैत २० गतेदेखि खुला हुने र छिटोमा २५ गते र ढिलोमा वैशाख १९ गते बन्द हुने छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलवार १२:३७