सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् ।बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई चारवर्षसम्म कार्यकाल रहने गरेर सिइओ बनाउने निर्णय गरेको थियो ।

तत्कालिन प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामू सिइओको रुपमा बैंक थिए ।स्थापनाकालदेखि सिटिजन्स बैंकमा कार्यरत पोखरेल भण्डारीको कार्यकालभर नै दोस्रो बरियतामा थिए ।

पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनको २५ वर्ष अनुभव भएका पोखरेलले बैंकलाई थप उचाईमा पुर्याउने विश्वास बैंक संचालक समितिले लिएको छ ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार २०:०५