नेप्से ५.७८ अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ५.७८ अंकले घट्याे



काठमाडौं । अघिल्लो साता देखी निरन्तर घटिरहेको सेयर बजार सातको पहिलो कारोबारका दिन पनि नकारात्मक नै रहेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७८ अंकले घटेर १,१३४.८० विन्दुमा कारोबार बन्द भएको हो ।

सो दिन कुल १६४ कम्पनीको ८,२५,९१८ कित्ता सेयर खरिद बिक्री हुदाँ २३ करोड ५ लाख ९७ हजार रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ । कारोबारको आधारमा आज नेप्सेमा सबै भन्दा बढी आशा लघुवित्त वित्तिय संस्थाले अग्रता लिएको छ । संस्थाको १ करोड ५५ लाख ७५ हजार ९१० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

यसैगरि उक्त दिन सर्वाधिक कमाउनेमा नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ३.३९ प्रतिशतले बढेको छ । साथै आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । बैकको सेयर मुल्य ४.७५४६ प्रतिशतले घटेको छ ।

यसैगरि आईतबार नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरु मध्ये १ वटा समुह देखी बाहेक सबै समुहको परिसुचक घटेको छ । यस दिन हाइड्रोपावर समुह १ अंकले बढेको हो ।

प्रकाशित : १० चैत्र २०७५, आईतवार १६:०३