काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ७५ जनाका लागि आवेदन माग गरेको हो ।
आज गोरखापत्रमा प्रकाशित सुचना अनुसार विभागले २७ जना अनुसन्धान अधिकृत र ४८ जना अनुसन्धान सहायकका आवेदन माग गरेको हो । अनुसन्धान अधिकृतका लागि कम्तिमा स्नातक वा सो सरहको उत्तीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ । त्यस्तै अनुसन्धान सहायकका लागि कम्तीमा पनि प्रमाणपत्र तह उत्तीर्ण वा सो सरहको उपाधी प्राप्त गरेको हुनुपर्ने विभागले जनाएको छ ।
आवेदकले आजको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने विभागले जनाएको छ ।
Comment