काठमाडाै । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।
ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो ।
यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।
समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।
Comment