ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने



काठमाडाै । ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको छ । ग्रीनले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । साधारण सभा गर्न बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार १०:३५