त्रिशुली थ्री बीको सेयर सर्वसाधारणका लागि खुल्यो, कति दिए प्रधानमन्त्रीले अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

त्रिशुली थ्री बीको सेयर सर्वसाधारणका लागि खुल्यो, कति दिए प्रधानमन्त्रीले अावेदन ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयरका लागि आवेदन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् । सरकारको यो कार्यक्रम अन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ ।

फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगै उर्जा, जलश्रोत तथा सिचार्यं मन्त्री वर्षमान पुनले आयोजनाको सेयरका लागि आवेदन दिएका छन् । मन्त्री पुनले १ हजार कित्ताका लागिमात्रै आवेदन दिएको छ ।

प्रतिकित्ता १ सय रुपैयाँ पर्नेमा पहिलो चरणमा सेयर किन्ने प्रतिवद्धता स्वरुप सरकारले १० प्रतिशतमात्रै रकम तिरेर आवेदन दिन सकिने नियम बनाएको हो ।

त्रिशुली थ्री बीको सेयर सर्वसाधारणका लागि खुल्यो,

प्रकाशित : ७ चैत्र २०७५, बिहीबार १२:०७