एसियन लाईफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एसियन लाईफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद शेयर जारी गर्ने



काठमाडौ । एसियन लाइफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो।

हकप्रद बैशाख २९ गतेसम्म भर्न पाइनेछ। कम्पनीले ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो। कम्पनीको अहिले चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ छ। शेयर जारीपछि चुक्ता पूँजी २ अर्ब नाघ्ने छ।

कम्पनीको दसौं बार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। त्यसै अनुसार कम्पनीले हकप्रद जारी गर्न लागेको हो।

प्रकाशित : 21 March, 2019 11:27 am