एशियन लाईफ ईन्स्योरेन्स र माछापुछ्रे बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एशियन लाईफ ईन्स्योरेन्स र माछापुछ्रे बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता



काठमाडौं । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले मंगलबार एक कार्यक्रमका बीच हस्ताक्षर गरेको हो ।

माछापुछ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाएको छ ।

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।

२०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष रु. १५ अर्ब १२ लाख रहेको छ । रु.५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब पु¥याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १५:२१