काठमाडौं / युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत्र १३ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी प्रतिकित्ता १ सय रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यसको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । चैत्र १३ गतेदेखि बिक्री खुल्ला भएको आइपिओमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । तर, सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । नियामन निकाय धितोपत्र बोर्डले युनियनलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।
युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुई २५ अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ ।
यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष रहेको छ । कम्पनीले ३ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
Comment