युनिभर्सल पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

युनिभर्सल पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत



काठमाडौं / युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै बिक्री गरेको ९६ लाख ६१ हजार ६१० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत गरेको हो ।

कम्पनीले फागुन १५ गते आइपीओ बाँडफाँट गरेको थियो । यसमा १३ सय कित्तासम्म आवेदन दिएका सबैलाई माग अनुसार नै सेयर दिइएको थियो । यस्तै, १३ सय ५० कित्ता भन्दा माथि आवेदन दिनेलाई १३ सय ५० कित्ताको दरले सेयर बाँडफाँट गरिएको थियो । १५७ जनालाई गोलाप्रथामार्फत थप १० कित्ता सेयर दिइएको थियो ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १३:१८