दुई विकास बैंककाे काराेबार राेक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई विकास बैंककाे काराेबार राेक्का



काठमाडौं । आफ्नो पुँजी बृद्धि गर्न तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् ।

बुटवलमा मुख्य कार्यलय रहेको दुई बिकाश बैंकहरुले आइतबार मर्जरमँबन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्दै एक आपसमा गाभिने र प्रादेशिक स्तरको विकास बैंक बन्ने निर्णय गरेका हुन ।

सम्झैतापत्रमा हस्ताक्षर भएसंगै नेपाल स्टक एक्सचेञ्जले दुबै विकाश बैंकको शेयरकारोबार रोक्का गरेको छ । मर्जरसम्बन्धि प्रकृया सकिएपछि मात्र बैंकको शेयर कारोबार खुल्नेछ ।

सम्झौताअनुसार मर्जरपश्चात बैंकले तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने भएको छ ।

हाल तिनाउ विकाश बैंकको चुक्ता पुँजी ५० करोड ६ लाख रुपैयाँ छ र मिसनको चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपैयाँ छ ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ११:५८