जेबिल्स फाइनान्सको ३ लाख ४० हजार कित्ता सेयर लिलामी चैत ५ गतेबाट खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जेबिल्स फाइनान्सको ३ लाख ४० हजार कित्ता सेयर लिलामी चैत ५ गतेबाट खुल्ने



काठमाडाै । जेबिल्स फाइनान्सले चैत ५ गते देखि ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर पुनः लिलामी खुला गर्ने भएको छ । कम्पनीले यसअघि पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२.५० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

त्यसबेला संस्थापक समूहको ३ लाख २५ हजार कित्तामात्र बिकेपछि बाँकी सेयर फेरि लिलामी गर्न लागिएको हो । यसपटक यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । चैत्र १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

सेयरको न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १० देखि साउन २८ गतेसम्म २३ लाख ११ हजार ६५० कित्ता (४०%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

उक्त हकप्रद जारी गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा ल्याइएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट लिलामी भर्न पाउनेछन् ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ०८:३४