काठमाडौं । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिने प्रपञ्च भएको पाइएको छ ।
राजनीतिक नेतृत्व कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती नदी बगिरहेको एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिने सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
यही समतिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ । मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौं महानगरपालिका वडा ६, ८ र ९ गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ ।
नदीको दुवैतर्फ सडक निर्माण गर्दा मुआब्जा दिएको समितिले अहिले जग्गा नाप–जाँच ऐन, २०१९ र जग्गा नापचाँच नियमावली २०५८ विपरीत मुआब्जा दिन सिफारिस गरेको हो । समाचार नागरिक दैनिकले छापेको छ ।
Comment