मृगौला रोग सम्वन्धी जनचेतना जगाउदै पञ्चशिल बहुउद्धेश्यीय सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मृगौला रोग सम्वन्धी जनचेतना जगाउदै पञ्चशिल बहुउद्धेश्यीय सहकारी



काठमाडाै । कुमारीपाटीमा रहेको पञ्चशिल बहुउद्धेश्यीय सहकारीले मृगौला रोग सम्वन्धी जनचेतना जगाउन र्याली सम्पन्न गरेको छ । नेपाल किड्नी फउन्डेसन् संगको सहकार्यमा संस्थाले जनचेतनामूलक कार्यक्रम गरेको हो ।

विश्व मिर्गौला दिवसको अवसरमा आयोजित र्याली दरबार मार्गबाट सुरु भई भृकुटी मण्डप पुगेर सम्पन्न गरिएको थियो। कार्यक्रममा उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव तथा नेपालका पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीलाई संस्थाले किड्नी फाउन्डेसन् र संस्थाको लोगो सहितको २०० वटा टिर्सट वितरण गरेको थियो ।

“स्वस्थ मृर्गौला स्वस्थ जीवन” को नारा दिएको कार्यक्रममा २ सय जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिए । संस्थामा दश हजार सदस्य रहेको बताइएको छ ।

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार ०८:४२