सेञ्चुरी कमर्सियल बैंकको शाखा अछामको मेल्लेख गाउंँपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैंकको शाखा अछामको मेल्लेख गाउंँपालिकामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अछामको मेल्लेख गाउंँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठगरेका छन् । नयाँ शाखासँगै बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७५, बुधबार १४:१८